Sajhamanch Archive

शिक्षक कोठामा थुनिएपछि विद्यार्थीलाई कुटपिट

Published: in राष्ट्रिय समाचार by .

सल्यान । सल्यानमा एक विद्यालयमा शिक्षक कक्षाकोठा भित्र थुनिएपछि विद्यार्थीमाथि कुटपिट भएको छ । जिल्लाको कुमाख गाउँपालिका–२ रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई विद्यालयका शिक्षक हिम बहादुर बुढाले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको परिवारले आरोप लगाएको छ ।

आउँदै गरेको एसईईको तयारीका लागि कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई बुधबार कोठामै गएर शिक्षकले बाँसको लठ्ठीले कुटपिट गरेर घाइते बनाएको पीडित विद्यार्थीका बुबा गणेश हमालले बताए ।

घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको र स्वास्थ्यमा समस्या देखिएकाले थप उपचारका लागि परिवारले बाहिर लैजाने तैयारी गरिरहेको प्रहरीले जनाएको छ । विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई अस्थाई प्रहरी पोष्ट नेटाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

विद्यालयका प्रधानध्यापक देवेन्द्र रावतले विद्यार्थीमाथि कुटपिट भएको स्वीकार गरेका छन् । ‘कक्षा १० को ट्युसन पढेर विद्याथीहरु घर फर्किदा विद्यालय कक्षाकोठा बन्द गर्ने क्रममा शिक्षक भित्रै थुनिएका रहेछन’, प्रअ रावतले भने, ‘अन्तिममा रहेका विद्यार्थी राजु हमालले कक्षा कोठाकोठा बाहिरबाट बन्द गरेका रहेछन्, शिक्षक भित्र छन भन्ने थाहा नपाएका उनले ढोका बन्द गरेर आप्mनो कोठातिर लागेछन् । पछि शिक्षकले थाह ापाएपछि रिसको झोकमा विद्यार्थीकै कोठामा गएर कुटेको थाहा पाएँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *