निषेधित क्षेत्र तोड्न खोज्ने डेढ दर्जन डाक्टरहरु पक्राउ
Published: (Updated: )
by .
काठमाडौँ । त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय अगाडिको निषेधित क्षेत्र तोड्ने खोज्ने डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टिचिङको चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेसहित १७ जना रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै चिकित्सकलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अस्पतालपरिसरमा भने चिकित्सकको नाराबाजी जारी छ।
Comments