टिपर व्यवसायीद्वारा विराटनगर सडक अबरुद्ध
Published:
by .
विराटनगर । सुन्दरहरैँचामा केही दिनअघि ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्युभएपछि आक्रोशित स्थानीयले सातवटा टिपरमा आगजनी गरेका थिए । सोही आगजनीको विरोधमा क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वार ढाटमा रोकेको हो ।
प्रहरीले रोकेपछि व्यवसायीले सडकमै टिपर राखेर नारावाजी गरिरहेका छन् । रोडशेष चोकसम्म हिँडेका विरोध र्यालीलाई प्रहरीले बल प्रयाग गरी रोकेको विरोधमा सडक अवरुद्ध गरेको पूर्वाञ्चल टिपर व्यवसायी संघका कोषाध्यक्ष सन्दीप संहले जानकारी दिए ।
Comments