Sajhamanch Archive

चल्ला र दानाको मूल्य बढेपछि व्यवसायी संगठित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको माई खोला पश्चिम र मोरङ्गको पथरी पूर्व रहेका कुखुरा पालक कृषकहरु संगठित भएका छन् । शुक्रबार दमकमा भएको भेलाले तेजप्रसाद भट्टराईको अध्यक्षता समिति गठन भएको

जसको उपाध्यक्ष भिम खरेल, सचिव निराजन  भट्टराई, सह सचिव कमल घिमिरे, कोषाध्यक्ष गणेश विष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमा देवी उप्रेती, घनश्याम गिरी, सरोज भट्टराई, रविन पोख्रेल, एलपी बस्नेत मोहन कार्की चयन भएका छन् ।

भेलामा दिनदिनै दाना र चल्लाको मूल्य बृद्धि कुखुरा उत्पादक कृषक जहिले मारमा पर्ने गरेकाले त्यसको सजकता गर्न समिति गठन गरिएको नवगठित समितिको अध्यक्ष तेजप्रसाद भट्टराईले बताए ।   नेपालमा भन्दा भारतमा कम मुल्यमा कुखुरा उत्पादन हुने भएकोले पनि  खुल्ला सीमानाका  कारण नेपाली व्यवसायी मारमा पर्ने गरेको यस क्षेत्रका व्यवसायी बताउँछन्  ।

हाल बजारमा जिउँदो कुखुराको मुल्य २ सय रुपैया प्रति केजी छ । त्यो  मुल्य दाना र चल्लाको अनुपातमा धेरै कम छ । खुल्ला सीमानाका कारण कम गुणस्तरका चल्ला पनि भित्रिने र तयारी कुखुरा पनि आउने गरेकोले किसान ठूलो मारमा पर्ने गरेको सचिव निराजन भट्टराईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *