Sajhamanch Archive

समृद्धिका पालक हल्दिबारीका बालक अभियानसहित बाल क्लब गठन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

हल्दिबारी । समृद्धिका पालक हल्दिबारीका बालक भन्ने अभियानसहित आज हल्दिबारी गाँउपालिकामा बाल क्लब गठन भएको छ । हल्दिबारी रहेका संस्थागत र सामुदायिक गरि ९ वटा विद्यालयमा अध्ययनरत वडा नं. १ बालबालिकाहरुको भेलाले सुस्मिता पराजुलीको अध्यक्षतामा २१ सदस्यीय बाल क्लब गठन गरिएको हो । त्यसैगरी उपाध्यक्ष द्वय रोविका खनाल र सागर ढकाल, सचिव प्रज्वल न्यौपाने, सहसचिवमा सोनी राई र कोषाध्यक्षमा मनसा शाहशंकर चयन भएका छन् ।

शुक्रबार वडा कार्यलयमा आयोजत एक विशेष कार्यक्रमका बिच गठन भएको बाल क्लबले बालबालिकाको हक, हित, सामाजिक उत्तरदायित्व र जिम्मे्वार वहन र क्षमता अभिवृद्धिका लागि आवश्यक विभिन्न कार्यक्रम गर्न सहयोग गर्ने कार्यक्रममका प्रमूख अतिथि एबम् वडाध्यक्ष त्रिलोचन सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले गठन भएको बालक्लबलाई बालबालिकाको क्षेत्रमा कार्य गर्न उत्प्रेरित गर्दै आवश्यकता अनुसारको सहयोग गर्न वडा कार्यालय र आफु सधै तत्पर रहेको उद्घोष गरे ।

त्यसैगरि सञ्चारकर्मी सरोज पौड्यालले बालबालिकाहरु भबिष्यका कर्णधार मात्रै नभई बर्तमानका विकासका साझेदार हुने भएकाले सबैको समन्वय हुनु पर्नेमा जोड दिए । बालबालिकाको क्षेत्रमा पनि कार्यरत बाल अभियानकर्मी पौड्यालले समृद्धिका पालक हल्दिबारीका बालक अभियानलाई सार्थक बनाउन सबै बालबालिकाहरु एक ढिक्का भएर बालबालिका सर्वाङ्गिण विकासका लागि जुट्न आग्रह गरे ।

कार्यक्रममा वडाध्यक्ष सापकोटाले नवगठित बाल क्लबका अध्यक्षलाई बैठक पुस्तिका दिएका थिए । संस्थागत विद्यालयका तर्फबाट शिक्षक प्रभात खरेल र सामुदायिक विद्यालयका तर्फबाट होमनाथ दाहालले शुभकामना व्यतm गरे । वडासदस्य कुमारी विश्वकर्मा, पदम राई तथा सञ्चारकर्मी आयुष निरौला तथा ९ वटै विद्यालयका शिक्षक शिक्षिकाको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी तथा बाल अभियानकर्मी पौड्यालले गरेका थिए । कार्यपालिका सदस्य सरिता न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन वडासचिव रेखा राईले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *