Sajhamanch Archive

कर्णालीको वित्तीय साक्षरता गोष्ठी दमकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

दमक । झापाको कर्णाली साकोसले दमक ९ इटाभट्टामा रहेको सरस्वती मावि जुनियर रेडक्रस सर्कललाई २१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाको सामाजिक सेवा कार्य अन्तरगत जुनियर रेडक्रस सर्कलले सञ्चालन गर्ने सेवाका लागि दुई थान बेड खरिद गर्न सो रकम प्रदान गरिएको हो ।

दमकको रेडक्रस भवनमा शुक्रबार आयोजना गरिएको सदस्य वित्तीय साक्षरता गोष्ठीका बीच सरस्वती माविका अध्यक्ष समिन रिजाललाई उक्त रकम बराबरको चेक प्रदान गरिएको हो ।

संस्थाका विभागीय प्रमुख विकास कोइरालाले दिएको जानकारीअनुसार सदस्य वित्तीय साक्षरता गोष्ठीमा नेपालको सहकारी अभियानका बारेमा गोविन्दबिक्रम गिरीले सहजीकरण गरेका थिए । यस्तै संस्थाले दिने सेवा सुविधाका सम्बन्धमा शिक्षा उपसमितिका सदस्य पूर्ण कन्दङ्गवाले सहजीकरण गरेका थिए भने सदस्य उपचार राहत कोषको सम्बन्धमा सञ्चालक समिति सचिव भूपाल बस्नेतले सहजीकरण गरेका थिए ।

वित्तीय साक्षरता गोष्ठीमा संस्थाको बचत तथा शेयर नीति सम्बन्धी शिक्षा उपसमिति सदस्य पदम श्रेष्ठ, कर्जा नीति सम्बन्धी शिक्षा उपसमिति सदस्य देवीबहादुर थापाले सहजीकरण गरेका थिए ।

दमक तथा लखनपुर सेवाकेन्द्र अन्तरगत संस्थाका २६१ जना शेयर सदस्यहरु सहभागी रहेको वित्तीय साक्षरता गोष्ठीमा उठेका जिज्ञासाहरुलाई संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले किनारा लगाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *