Sajhamanch Archive

चपेता र डाइमनले मृगौला पीडित सेर्मालाई सहयोग

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । नेपालमा घर भई हङकङमा कार्यरत प्रवासी नेपालीले मृगौला पीडित रेश्र्मा सेर्मालाई १ लाख १८ हजार ५३५ रुपैया नगद सहयोग गरेका छन् । उर्लाबारी नगरपालिका ३ मंगलबारेमा बस्दै आएकी १३ वर्षीय सेर्मालाई उपचारार्थ नगद सहयोग गरेका हुन् ।

सो रकम हङ्कङका कार्यरत बुद्धि सेर्मा (चपेता) र मणीकुमार सेर्मा (डाइमन)ले रकम संकलन गरी सहयोग पठाएको बताइएको छ । रकम शिवतसाक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा लगायतको टोलीले पीडित रेस्माको परिवारलाई हस्तान्तरण गरेको हो ।

उर्लाबारीको सनसाइन माध्यमिक विद्यालयमा अध्ययनरत रेश्र्माको ४ महिना अघि खुट्टा सुनिन थालेपछि विपि कोइराला अध्ययन प्रतिष्ठान धरानमा उपचार गराउँदा दुवै मृगौला फेल भएको थाहा पाएको बुबा वीरबहादुर सेर्माले बताए । मानव अंग प्रत्यारोपण भक्तपुर टिचिङ्ग अस्पतालले मृगौला प्रत्यारोपण गर्न ३० लाख बढी लाग्ने बताए पछि शेर्मा परिवारमा थप पिडा परेको बीरबहादुर बताउँछन् ।

उर्लाबारीमा डेरामा बस्दै आएका बीरबहादुरले मजदुरी गरेर छोरा छोरीलाई शिक्षा दिक्षा र सामान्य खर्च मुस्किलले चालउँदै आएको बताइएको छ । रेश्माका उपचारका लागि उनी अध्ययन गर्ने सनसाइन माध्यमिक विद्यालयले ५७ हजार सहयोग गरेको विद्यालयका प्र.अ. सुरेन्द्र सुवेदीले जानकारी दिए ।

रेश्माले आफ्नो उपचारमा सहयोग गरिदिन सबैमा याचाना गरेकी छिन् । आमा सुकमायाले आँखाभरी आँसु पार्दै भनिन् छोरी अझै स्कुल जान चाहान्छे, सबैले सहयोग गरिदिए उसको इच्छा पुरा हुने थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *