Sajhamanch Archive

नेपाली महिला तस्करीको नयाँ बाटो मणिपुर, १०० बढीको उद्दार

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १०० भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ ।

उनीहरुलाई म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको आशंका गरिएको छ । इम्पल्स एनजीओ नेटवर्कको सहयोगमा मणिपुर पुलिसले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटल र विमानस्थलबाट उद्दार गरिएको हो ।

७० भन्दा बढी नेपाली महिलालाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना माइती नेपालले दिएको थियो । त्यसआधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसक्रममा विभिन्न ठाउँबाट ३०० भन्दा बढीलाई उद्दार गरिएको छ ।

उद्दार गरिएमा महिलाहरुमा १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गरेको छ । समाज कल्याण विभागको आश्रम गृहमा राखिएका उनीहरुलाई छिट्टै नेपाल ल्याइनेछ । उनीहरुलाई अवैध रुपमा लैजाने खोज्ने दुई जना नेपाली पनि पक्राउ परेका छन् । एक सिन्धुपाल्चोकका ४२ वषर्ीय आशाकाजी तामाङ भएको इण्डियन एक्सप्रेसले जनाएको छ ।

दिल्लीमा कडाइपछि मणिपुर

नेपालले महिला घरेलु कामदारको रुपमा लैजान रोक लगाएपछि दलालहरुले विभिन्न मार्ग प्रयोग गर्दै आएका छन् ।

सुरुमा काठमाडौंबाट हवाईमार्फत प्रयोग गरेर पठाउँथे । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्करहरुले नयाँदिल्लीलाई केन्द्र बनाए । पछिल्लो समय दिल्लीस्थित महिला आयोगले लगातार नेपाली महिलाको उद्दार गर्न थालेपछि तस्करहरुले मणिपुरलाई नयाँ बाटो बनाएको पाइएको छ ।

मणिपुरको बाटो भएर नेपाली महिला पठाएको सार्वजनिक भएको यो पहिलो घटनो हो ।

अनलाइन खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *