Sajhamanch Archive

नेपाल पूर्व प्रहरी संगठनको पद हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

नेपाल पूर्व प्रहरी संगठन झापाको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर स्थित जिल्ला कार्यलयमा आइतवार आयोजित एक कार्यक्रमबा बीच पद हस्तान्तरण तथा शपथ कार्यक्रम सम्पन्न गरिएको हो ।

गत हप्ता मात्रै २३ औ साधारण सभाबाट खेमराज कार्कीको अध्यक्षतामा २५सदस्यीय झापा जिल्ला कार्यसमिती निर्वाचित भएको यो समितिका निर्वाचन मण्डलका अध्यक्ष डिल्ली घिमिरेको अध्यक्षता तथा संगठन उपाध्यक्ष खड्गबहादुर खड्काको प्रमुख आथित्यतामा पद हस्तान्तरण तथा सपथ कार्यक्रम सम्पन्न भएको थियो ।

अधिकांशबाट उपाध्यक्षमा देवी सग्रौला, केशव कार्की र विरेन्द्र खरेल तथा सचिवमा अग्नी खडका, सहसचिवमा डिल्लीप्रसाद पौडेल, कोषाध्याक्षमा राजेन्द्र कोइराला एवम सह कोषाध्यक्षमा बृहस्पति पाण्डे निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा सिताराम सग्रौला,रमेश पराजुली, डुम्पा राई, भवानी न्यौपाने, केशव कटुवाल, उत्तर अधिकारी, रमा चुडाल, सल बहादुर बुढाथोकी, ज्ञानुमाया गिरी, मेनुका मैनाली, आइन्द्र आडदेम्वे,तेज बहादुर घतानी, मान बहादुर श्रेष्ठ, हरिबहादुर घिमिरे र लोक बहादुर ढुगेल रहेका छन ।

पद हस्तान्तरण तथा शपद कार्यक्रम प्रतिवद्धता शुभकामना राख्दै नवनिर्वाचित अध्यक्ष कार्कीले अव झापा जिल्लालाई नेपालकै नमुना जिल्ला बनाउन लागिपर्ने बताएका थिए । कार्यक्रममा संगठनका प्रदेश १ का निर्वतमान सचिव धनप्रसाद सिवाकोटी, केन्द्रिय सदस्य अमिन अलि सेख, निर्वाचन मण्डलका सचिव तथा उपभोक्ता हकहित सरक्षण मञ्च झापाका अध्यक्ष मदनगोपाल सुव्वा, लगायतले शुभकामना दिनु हुदै अवको भोलिको दिनमा सशक्त समाज रुपान्तरण भुमिकामा पुर्व प्रहरीको योगदान देखिनु पर्नेमा जोड दिएका उपाध्याक्ष देवी सग्रौलाले जानकारी दिए ।

जिल्ला सघठनले आउँदो ४ वर्ष भित्रमा ५० लाख रुपैयाको अक्षय कोष बनाउने योजना राखि अक्षय कोषको समेत उद्घाटन गरेको छ। जिल्ला सहकोषाध्यक्ष बृहस्पति पाण्डेले कार्यक्रममा ५ हजार रुपैया अक्षय कोषमा जम्मा गरि कोषको उद्घाटन गरेका थिए । हाल झापामा मात्रै २२ सय पुर्व प्रहरी रहेको संगठनले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *