Sajhamanch Archive

चौकीदारको संलग्नतामा विराटनगर विमानस्थलबाटै चोरी भयो ४ सय लिटर डिजेल

Published: in राष्ट्रिय समाचार by .

विराटनगर ।  विराटनगर विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । डिजेल चोरी गर्नेमा विराटनगर विमानस्थलका कार्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

केसीका अनुसार, विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ वर्षीय भोला यादव, छोरा २२ वर्षीय अमित र मुकेश यादव तथा भतिजा १९ वर्षीय चन्द्र यादवलाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ गरिएका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्धाको म्याद थप चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *