Sajhamanch Archive

खोटाङमा आगलागीबाट साढे ५ लाख बराबरको क्षति

Published: in राष्ट्रिय समाचार by .

खोटाङ । खोटाङमा आगलागीबाट साढे पाँच लाख बराबरको क्षति भएको छ । खोटाङको दिप्रुङ–चुईचुम्मा गाउँपालिका–४ साउने डाँडा बस्ने धनकुमार राईको घरमा आइतबार आगलागी हुँदा अन्दाजी ५ लाख ५० हजार मूल्य बराबरको क्षति भएको हो ।

साँझ ५ बजेको समयमा राईको ढुंगा माटोले बनेको फुसको छानो भएको घरमा अचानक आगलागी हुँदा २ वटा घरसहित र घरभित्र रहेको सम्पूर्ण सर–सामान र ५ वटा कुखुरा जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा साँझ ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलगीको कारण खुल्न सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *