ट्राभल व्यवसायी संघको अध्यक्षमा गोपाल सर्वसम्मत
Published:
by .भद्रपुर । झापाको भद्रपुरमा सोमबार सम्पन्न ट्राभल व्यवसायीहरुको भेलाले गोपाल खनालको अध्यक्षतामा ट्राभल व्यवसायी संघ भद्रपुर नगर समिति गठन गरेको छ ।
संघका जिल्ला अध्यक्ष निरबहादुर कार्की नेत्रको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा रामचन्द्र अधिकारी र सचिवमा निर्मलकुमार राजवंशीलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी सहसचिवमा राजेन्द्र तुलाधर र कोषाध्यक्षमा पार्वती तामाङलाई भेलाले आगामी तीनवर्षे कार्याकालका लागि सर्वसम्मत चयन गरेको छ ।
समितिको सदस्यहरुमा विपिन भट्टराई, नरेशकुमार धमला, निर्मल सुवेदी, इम्ताज शेख, कुलप्रसाद भट्टराई, रमेश श्रेष्ठ, तोया गडतौला र दे मिश्र चयन भएका छन् । गोपाल खनालको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि कार्कीले ट्राभल व्यवसाय पर्यटककै भरमा चल्ने भएकाले हरेक व्यवसायी पर्यटक मैत्री बन्न जरुरी रहेको बताए ।
कार्कीले पर्यटकहरुसँग सम्मानजनक व्यवहार गरी उनीहरुसँग नम्र मीठो र असल व्यवहार गर्नुपर्ने बताए । उनल प्रचार प्रसारको अभावका कारण ओझेलमा परेका स्थानीय पर्यटकीय एवम् धार्मिक स्थानको पहिचान गरी त्यसको विकास प्रवद्र्धनमा जुटन हरेक व्यवसायीलाई आग्रह गदैं स्थानीयदेखि संघीय सरकारको ध्यानाकर्षण गराए । भेलामा उपाध्यक्ष अधिकारीले आगामी ६ गतेदेखि हुने महोत्सवमा हेलीकोप्टर सञ्चालन गरी अवलोकनकर्तालाई महोत्सवप्रति आर्कषण गर्ने बताए ।
भेलामा संघका द्वितिय उपाध्यक्ष विजय सुवेदी, कोषाध्यक्ष पेमा तामाङ सदस्य हस्तबहादुर तामाङको उपस्थिती रहेको थियो ।
Comments