Sajhamanch Archive

कुष्ठ रोगीलाई स्वहेरचाह र सर्तकता विधिको जानकारी

Published: (Updated: ) in स्वास्थ्य by .

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य शाखाले कुष्ठरोगको उपचार गरी सकेका कुष्ठ प्रभावित व्यक्तिहरुलाई बाँकी दिनमा आफूले गर्नुपर्ने स्वहेरचाह र सर्तकता विधिबारे जानकारी गराएको छ ।

सोमबार शान्तिनगर स्वास्थ्य चौकीमा शान्तिनगर क्षेत्रमा कुष्ठ प्रभावितहरुलाई सो बारे जानकारी गराइएको हो । उनीहरुलाई बुद्धशान्ति स्वास्थ्य शाखाका दीपक सापकोटा, नेपाल कुष्ठरोग संगती झापाका सुपर भाइजर पर्शुराम पोखरेल, स्वास्थ्य चौकी शान्तिनगरकी प्रमुख मेनुका दाहाल, सोही स्वास्थ्य चौकीका सिनियर अहेव भरत खतिवडा लगायतले कुष्ठ प्रभावितहरुलाई आगामी दिनमा गर्नुपर्ने स्वहेरचाह र सर्तकताका बारेमा जानकारी गराएका हुन् । यस अघि बुधबारे क्षेत्रका कुष्ठ प्रभावितहरुलाई सो बारे जानकारी गराइसकिएको छ ।

कुष्ठ प्रभावितहरुलाई गाउँपालिकाले जुत्ता, वाकर, लौरो, चश्मा लगायतका आवश्यक सामग्री प्रदान गरेको स्वास्थ्य शाखाका दीपक सापकोटाले जनाएका छन् । सापकोटाका अनुसार कुष्ठरोगी खोजी अभियानमा यो पटक २ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । गत वर्ष र यो वर्ष गरी २२ जना कुष्ठरोगी भेटिएकामा १५ जना निको भईसकेका छन् भने ७ जना उपचाररत् रहेको सापकोटाको भनाई छ । सापकोटाले गत वर्ष वडा १ र ३ मा कुष्ठरोगीको खोजी गरिएकोमा यो वर्ष बाँकी सबै वडाहरुमा पनि गरिएको जानकारी गराए । खोजी अभियानले बुद्धशान्तिमा कुष्ठरोगीको पहिचान गरी उनीहरुलाई स्वास्थ्य उपचार प्रदान गरिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *