Sajhamanch Archive

नवोनित एकेडेमीद्वारा पत्रकारसहित दुई जना सम्मानित

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । स्थापनाको सातौं बार्षिकोत्सवको अवसर पारेर नवोनित एकेडेमी अर्जुनधाराले पत्रकारसहित दुईजनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा बडि विल्डर रामबहादुर दाहाल र पत्रकार रेजिना गौतम रहेका छन् ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमा शिवाकोटीको अध्यक्षता तथा प्याब्सन इकाई समिति अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाको प्रमुख आतिथ्यतामा सम्मानितहरुलाई प्रमुख अतिथि, अध्यक्ष, संस्थापकद्वय विश्वनाथ बास्तोला र मिना बास्तोलाले सम्मान पत्र र अविरले सम्मान गरेका थिए ।

सम्मानित दाहाल विर्तामोडस्थित बडी ग्यारेजका सञ्चालक हुन् । उनी एसियन च्याम्पियन पनि हुन् । त्यस्तै अर्का सम्मानित पत्रकार गौतम जनआन्दोलन साप्ताहिककी कार्यकारी सम्पादक तथा कञ्चनजंघा एफएमकी संवाददाता हुन् ।

कार्यक्रममा मन्टेश्वरी एसोसिएसन झापाका अध्यक्ष अनुप रोय, वीरता जेसीजका अध्यक्ष विशाल थापा, अभिभावक बुद्धि घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाले नृत्यसहित आफूभित्र रहेका अन्तरनिहित क्षमता प्रस्फुटन गर्दै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खेलकुद, नृत्य तथा प्रतियोगितामा उत्कृष्ट बालबालिकालाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *