प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसद्वारा झापाको सदरमुकाममा विरोध प्रदर्शन
Published:
by .
भद्रपुर । चर्को नारावाजीका साथ सरकार विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले झापाको सदरमुकाममा विरोध प्रर्दशन गरेको छ ।
सरकारविरुद्ध झापा जिल्लामा सडक आन्दोलनमा उत्रेको झापा कांग्रेसले लोकतान्त्रिक आचरण विपरित सरकार चलाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग सहित जिल्ला प्रशासन कार्यालय झापा अगाडि प्रर्दशन गरेको हो ।
कांग्रेस झापाले ‘केपीको पाराले, दुख पाए साराले’ भन्दै महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ओली सरकारले सत्तामा बसिरहनुको औचित्य नभएकाले तत्काल राजीनामा दिनु पर्ने माग गरेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानविनको समेत माग गरिएको थियो । त्यसैगरी निर्मला पन्तको हत्यारा जोगाएको, स्वास्थ्य शिक्षा विधेक तोडमोड गरी माफियातन्त्रको संरक्षण गरेको, महंगी र भ्रष्टाचारको संरक्षण गर्ने सरकार नागरिकमारा भएको भन्दै सरकार विरूद्ध चर्को चारावाजी गरिएको थियो ।
Comments