Sajhamanch Archive

सातबुँदे सहमति पछि खुल्यो वडा कार्यालयको ताला

Published: in राष्ट्रिय समाचार by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिकासँगको सम्झौता पछि वडा–१ कार्यालयमा लगाएको ताला खुलेको छ ।

नगरपालिकासँग सर्वपक्षीय छलफल पछि ताला खुलेको हो । छलफलमा विरिङ्गनबिाट नदिजन्य सामाग्री उत्खन गर्न ७ बुँदे सहमति भएको छ । नेकपाले माघ १० गते नदीजन्य सामाग्री जथाभावी उत्खनन गरिएको भन्दै वडा कार्यलयमा ताला लगाएका थिए ।

सहमति पत्रमा विरिङ्ग खोलाले वर्षेनी गर्दै आएको कटान तथा खोला गहिरिने काम रोकथाम गर्न आवश्यक चेक ड्याम र स्पर बनाउने उल्लेख छ । त्यसका लागि अर्जुनधारा नगरपालिकाले बुद्धशान्ति गाउँपालिकासँग समेत समन्वय गरी आवश्यक पहल गर्ने निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । जिल्ला समन्वय समिति, प्रदेश सांसदसँग आवश्यक समन्वय, सहजीकरण गर्दे तत्काल डिपिआर कार्य प्रारम्भ गरिने निर्णय भएको प्रमुख रानाले जानकारी दिए ।

त्यस्तै विरिङ्ग टाङटिङ लगायतका खोलाहरुमा कार्यरत मजदुरहरुको दश दिन भित्रमा लगत संकलन गरी सूचिकृत गर्ने, खोलाहरुमा खोलाजन्य पदार्थहरु ओसार प्रसार गर्ने ट्रयाक्टरहरुलाई करको दायरामा ल्याउन सूचीकृत गर्न आह्वान पनि समेटिएको छ ।

त्यस्तै सम्बन्धित सबै पक्षहरुले स्थानीय रुपमा शान्ति सुव्यवस्था, अमन चैन तथा सेवा प्रवाहलाई प्रतिकृत हुने कुनै पनि क्रियकलाप नगर्ने नगराउने ७ बुँदे सहमतिमा उल्लेख गरिएको छ ।

नगरको सभाकक्षमा भएको सो सहमतिमा मजदुर प्रतिनिधि, खोला ठेकदार प्रतिनिधि, नगर स्तरीय अनुगमन समिती तथा स्थानीय प्रतिनिधिहरु बसेँर मजदुरले उत्खनन गर्ने क्षेत्र र खोला ठेकदारले खन्ने क्षेत्र निर्धारण गर्ने उल्लेख छ । त्यसका लागि कार्यरत मजदुरहरुको सूचिकृत भएको मितिले ५ दिनभित्र सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

सहमतिको अन्तिम बुँदामा ठेकदारले उत्खनन गर्ने क्षेत्रमा उत्खनन गर्न बाधा अवरोध भएमा नियमानुसार आवश्यक कारबाही अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । न्युनतम माग तत्कालका लागि सम्बोधन भएकाले जनताका समस्यालाई ध्यानमा राखेँर तालबन्दी खोल्ने सहमति भएको नेपाल कम्युनिष्ट पार्टी वडा–१ अध्यक्ष भक्तिप्रसाद कोइरालले बताए ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा छलफलमा प्रदेश सांसदद्धय बृख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेल, बृद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष दिलिप राई, संघीय समाजवादीका नगर अध्यक्ष सिर्जलाल चौधरी, वडा–३ अध्यक्ष जीवन कुमार भण्डारी, वडा–७ का अध्यक्ष नवराम ढुङ्गाना लगायत छलफलमा सहभागिता जनाएका थिए ।

अर्जुनधारा–१ निवासी विष्णुलाल ढकाल, चन्द्र खत्री, अम्बर बस्नेत, राम निरौला, तारा श्रेष्ठ, तेजु भट्टराई, विजेन्द्र एकतेन, विरीङ्ग नदी प्रणालीका अध्यक्ष नयन अधिकारी, विरीङ्ग जलाधार अध्यक्ष मान बहादुर कार्की, ट्रयाक्टर व्यवसायी नवराज दाहाल, ठेकदार प्रतिनिधि नारायण दंगाल, गंगा गौतम, उत्सव ढकाल, सुरेन्द्र धिमाल लगायतले खोलाबाट उत्पन्न भएका आ–आफ्नो समस्याको विषयमा धारणा राखेँका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *