चुलाचुलीमा लागु औषध विरुद्ध सचेतना
Published: (Updated: )
by .
कमल । इलामको चुलाचुली गाउँपालिकामा लागु औषध विरुद्ध सचेतना सम्बन्धी तालिम सुरु भएको छ । उद्यमशिल महिला जागरण केन्द्र झापाको आयोजना तथा ईलाम चुलाचुली गाउँपालिका वडा नम्वर २ को सहयोगमा मंगलबारबाट तालिम सुरु गरिएको हो ।
तालिममा लागु औषध विरुद्धको सचेतना, घरेलुहिंसा तथा वाल विवाह विरुद्धको कार्यक्रम र माईन्युट लेखन तालिम सन्चालन हुने आयोजक चुलाचुली गाउँपालिकाले जनाएको छ ।
उद्यमशिल महिला जागरण केन्द्रको अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राई, गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, वडा नम्बर २ का वडा अध्यक्ष रणवहादुर लिम्बु, जिल्ला समन्वय समिति झापाकी सदस्य हेमकला बस्नेत लगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।
लागु औषध विरुद्धको सचेतना कार्यक्रममा आस्था फाउण्डेसन दमकका अध्यक्ष चन्द्र बरालले सहजीकरण गर्ने छन् । तालिम उद्घाटन कार्यक्रमको सन्चालन केन्द्रकी सदस्य निर्मला बजगाँईले गरेकी थिईन् ।
Comments