Sajhamanch Archive

बुहारीले आगो फुक्ने ढुंग्रीले हान्दा ससूरा ठहरै

Published: in राष्ट्रिय समाचार by .

ओखलढुंगा  । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधबार राति आफ्नै बुहारीले ससूरालाई फलामको ढुंग्री प्रहार गर्दा ससूराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

राति ९ बजेको समयमा अंशबण्डाको विषयमा बादविवाद हुँदा गुरुङलाई आफ्नै बुहारी ३० वर्षीया तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारको प्रहरी टोलीले ढुंग्री प्रहार गर्ने गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *