हल्दिबारीका विपन्न परिवारलाई झुल वितरण
Published: (Updated: )
by .
भद्रपुर । युवा संघ नेपाल झापा ३ नम्बर क्षेत्रीय समितिले सामाजिक उत्थान तथा नागरिक दायित्व अन्तर्गत विपन्न परिवारलाई झुल वितरण गरेको छ ।
दक्षिणी झापाको हल्दिवारी ३ स्थित ढडुवाका १ सय २१ परिवारलाई लामखुट्टे जन्य रोगबाट बचाउन सामाजिक उत्थान तथा नागरिक दायित्व कार्यक्रम अन्र्तगत झुल वितरण गरेको हो । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवार पहिचान गरी बाम एकताको युवा संघले प्रति परिवार एक थानका दरले झुल प्रदान गरेपछि स्थानीय विपन्न नागरिकको मुहारमा हाासो छाएको थियो । हात मुख जोर्न हम्मे हम्मे परेका बेला झुल पाउँदा हर्ष लागेको स्थानीय रत्नमाया त्रिखत्रीको भनाइ छ ।
युवा संघ झापा क्षेत्र नम्बर ३ का अध्यक्ष बाशु वनको अध्यक्षता तथा हल्दिवारी गाउँपालिकाका उपप्रमुख डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडानम्बर ३ की अध्यक्ष रोशनी शिवाकोटी, युवा संघ १ नम्बर प्रदेश सदस्य तथा हल्दिवारी ४ का वडा सदस्य महेशलाल मेचे लगायको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रममा भद्रपुर इञ्चार्ज नारायण वलीको स्वागत र सचिव अर्जुन बानियाले सञ्चालन गरेका थिए ।
Comments