चर्को विरोधपछि नगरपालिकाले हटाउने भयो प्रदुषण कर
Published:
by .
फिक्कल । जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो ।
सङ्घीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । सङ्घीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि आफूहरुले यो कर उठाउन थालेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।
Comments