Sajhamanch Archive

गोर्खा सैनिकमाथिको विभेद अन्त्य गर्ने भट्टराईको प्रतिबद्वता

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराईले बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्यका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले गोर्खा सैनिकलाई दिने तलब, भत्तालगायतको सुविधामा समेत बेलायत सरकारले विभेद गरिरहेको भन्दैतत्काल सो समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

सन् १९९३ अघि गोर्खा सैनिकमा भर्ना भएका र सन् १९९७ अघि ब्रिटिस सेनाबाट सेवा निवृत्त भएकाहरुलाई बेलायत सरकारले पेन्सनलगायतका सुविधामा पनि विभेद गरेकाले त्यसको अन्त्यका लागि सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने सांसद भट्टराईको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *