खुद्रा बचत तथा ऋण सहकारीले सदस्यलाई सहकारी शिक्षा प्रदान
Published: (Updated: )
by .
दूधे । शिवसताक्षीको दूधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । शनिबार दूधेको श्री रा.र.आ.मा.वि.मा एक कार्यक्रमको आयोजना गरी एक दिवशीय सहकारी शिक्षा प्रदान गरेको हो ।
कार्यक्रममा बचत किन गर्ने, बचत गर्ने बानी बसरी बसाल्ने विषय लगायत सहकारीबाट कसरी फाइदा लिने भन्ने विषयमालाई उठान गरिएको बताइएको छ । नेपालमा सहकारी फस्टाएसँगै यसबाट ग्रामिण्च क्षेत्रका महिला तथा पुरुषहरुले ऋण लिई विभिन्न आय मूलक काम गरेकाले आफ्नो जीवन स्तर उकास्न पनि महत्वपूर्ण भूमिका खेलेको सहजकर्ता सहकारी अभियान्ता बद्री कार्कीले बताए । उनले सहकारीमा आवद्ध भई संस्थालाई आफ्नै सम्पत्ती सम्झेर त्यसबाट धेरै फाइदा लिन सकिने जानकारी दिए । त्यसैगरी सहकारीका मूल्य र मान्यता, सिद्धान्तबारेमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा शिक्षा उप समिति संयोजक राजकुमार ठाकुरको अध्यक्षमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईँ, उपाध्यक्ष जापान, थेवेले मन्तव्य राखेका थिए । त्यस्तै लाइन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रसिडेन्ट यामनाथ काफ्ले, शिवसताक्षी बाणिज्य संघका उपाध्यक्ष कृष्ण पोख्रेललगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
Comments