Sajhamanch Archive

शिवसताक्षी नगरले बैसाख भित्रै ७६ करोड ७४ लाख रकमका योजनाहरु सम्पन्न गर्ने

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका योजनाहरु समय अवधी भित्रै सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । गएको आर्थिक वर्षमा सञ्चालित योजनाहरु समयावधीमा सम्पन्न भएका थिएनन् तर चालुवर्षमा सञ्चालित नगरपालिकाले समयअवधी भित्रे सबै योजनाका कामहरु सम्पन्न गर्ने लागेको । चालु आर्थिक वर्षमा नगरले ७८ करोड ७४ लाख ८७ हजार रकम वरावरका योजनाहरु सञ्चालन भईरहेका छन् । नगरमा सञ्चालनमा रहेका प्राय सबै योजनाहरु आगामी बैशाख भित्रनै सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४।७५ मा ४२ करोड रुपैया बिनियोजन गरेको चालु वर्षमा तुलनामा वृद्धी गरी ७८ करोड भन्दा बढि बजेट बजेट विनियोजन गरेको हो । गत आर्थिक वर्ष नगरले बाटो ग्राभेल २ सय ८६ ओटा, भवन घेरावारा तर्फ ५९ ओटा, पुल, कल्भर्ट र कज्वे निर्माण तर्फ ४५ ओटा, नदी नियन्त्रणतर्फ ७३ ओटा र योजना बजार, ढल व्यवस्थापन, सिमसारतर्फ ९ ओटा योजनाहरु सञ्चालनमा ल्याएर योजनाहरु सम्पन्न गरेको थियो ।

नगरमा जम्मा ४ सय ७५ ओटा योजनाहरु सम्पन्न गरेको हो । योजनाहरु सञ्चालनसंगै नगरपालिकाले अनुगमनमासमेत ध्यान दिने गरेको छ । नगर उप–प्रमुख भोजकुमारी नेपालको संयोजकत्वमा बनेको अनुगमन टोलीले प्रतिवेदन पास नभएसम्म फरफराक नगर्ने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

शिवसताक्षी नगरपालिकले विषयगत आधारमा गतवर्ष भौतिक पुर्वाधार तर्फ २ सय ७६ ओटा, सामाजिक विकास तर्फ ४३ ओटा, नगर स्तरिय योजनातर्फ १ सय २१ ओटा, वातावरण तथा विपद व्यवस्थापन तर्फ २६ ओटा, आर्थिक विकासतर्फ ९ ओटा, सडक वोर्डतर्फ ३ ओटा र प्रदेसस्तरीय योजनाहरुमा १७ ओटा योजनाहरु सम्पन्न गरेको हो ।

नगरले वर्ष २०७५÷७६ मा नगर गौरवका आयोजनाहरुमा, नगर स्तरीय विषयगत आयोजनाहरु, नेपाल सरकार शशर्त अनुदान, वडा विकास आयोजनाहरु, प्रदेश सरकार शशर्त अनुदान, सडकबोर्ड अनुदान लगायतका आयोजनाहरु अगाडी सारेको छ ।

प्रदेशबाट आएका योजना र संघीय सरकारबाट आएका सवै योजनाहरु सञ्चालन नगरले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *