Sajhamanch Archive

बसको ढोकामा उभिएका सह–चालकको विजुलीको पोलमा च्यापिएर मृत्यु

Published: in राष्ट्रिय समाचार by .

उदयपुर । उदयपुरमा बसको ढोकामा उभिएका सह–चालकको विजुलीको पोलमा च्यापिएर मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–५ सिसाघारीमा बसको ढोकामा उभिएका सह–चालक रोशन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साढे ७ बजे नेपालटारबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ३८८४ नम्बरको बसका सह–चालक उदयपुरगढी गाउँपालिका–३ बस्ने २१ वर्षीय कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कार्की बसको ढोकामा बसिरहेको अवस्थामा बिपरित दिशाबाट जाँदै गरेको मोटरसाईकललाई साईट दिने क्रममा बिजुलीको पोलमा च्यापिएका थिए । च्यापिएर गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *