कमल गाउँपालिकामा डकर्मी तालिम सुरु
Published:
by .
कमल । कमल गाउँपालिकामा सोमबारबाट डकर्मी तालिम सुरु भएको छ । कमल गाउँपालिकाको सहयोग र भुकम्प राष्ट्रिय समाज नेपालको आयोजनामा सात दिवशीय डकर्मी तालिमको उद्घाटन भएको हो ।
गाउँपालिकामा रहेका डकर्मी काम गरिरहेका युवाहरुलाई दक्ष बनाउन तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
भवन संहिता कार्यन्वयनका लागी भुकम्प प्रतिरोध कार्यक्रम अन्तरगत गाउँपालिकामा रहेर भवन निर्माणमा भवन निर्माणका रुपमा काम गरिरहेकालाई प्राविधिक सिप सिकाई उनीहरुलाई देशमै स्वरोजगार बनाउने बताइएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेनुका काफ्लेले बाटा घाटा पुल कल्भट मात्र होईन जनशक्ति उत्पादन गर्न पनि गाउँपालिका लागेको बताइन् ।
अहिले गाउँपालिकाले घरनक्सा पास गरेर मात्र भवन बनाउने भवन संहिता लागु गरेकोले यदी कसैले घरनक्सा पास नगरी घर बनाउन लागेका घरधनिलाई सम्झाएर घर नक्सा पास गरेर मात्र निर्माण कार्य सुरुगर्ने जानकारी दिइन् ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले आफ्नै ठाउँमा स्वरोजगार हुने यो ठुलो अवसर भएकोले तालिमामा नियमित आउनु पर्ने बताउदै तालिमपछि गाउँपालिका र घर धनि विच पुलको काम गर्नु पर्ने समेत ढकालले बताए ।
तालिममा क्युपेक नेपालका सह सचिव कमल निरौला, घनश्याम प्याकुरेल लगायतले तालिम सफलताकोे शुभकामना दिएका थिए । तालिममा कमल गाउँपालिकामा रहेर डकर्मीका काम गरिरहेका ३४ जना सहभागी रहेका छन् । तालिमको उद्घाटन कुमार धिमालको अध्यक्षतामा भएको थियो ।
Comments