नवकिरणमा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने
Published:
by .
बुधबारे । नवकिरण आधारभूत विद्यालय बुद्धशान्ति–३ ले बुधबार एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
सोमबार विद्यालय परिसरमा पत्रकार भेटघाट गर्दे जनाएको छ । आप्mनो ५० औँ बर्ष पुगेको अवसरमा बर्षेभरी विभिन्न कार्यक्रम गर्ने योजनाका साथ बुधबार स्वास्थ्य शिविर गर्ने विद्यालयका प्रधानाध्यापक राजुकुमार खत्रीले बताए ।
विद्यालयको आयोजना तथा नोवेल टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर बिराटनगरको प्राविधिक सहयोगमा र यसै विद्यालयमा सञ्चालित गोमादेवी ढकाल स्मृति शैक्षिक छात्रवृत्ति कोष बुद्धशान्तिको सह आयोजनामा हुने शिविरमा करिव २ हजार भन्दा बढीले सेवा पाउने विश्वास गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन खतिवडाले बताए ।
नागरिक समाज नेपालका केन्द्रिय सदस्य सूर्यप्रसाद रिमालले उत्त शिविरमा सहजीकरण गर्ने जनाइएको छ । शिविरमा मुटु रोग बिशेषज्ञ सेवा, प्रशुति रोग बिशेषज्ञ सेवा, बालरोग बिशेषज्ञ सेवा, शल्यक्रिया बिशेषज्ञ सेवा, मानसिक तथा नसारोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ सेवा,नाक, कान, घाँटी रोग बिशेषज्ञ सेवा,आँखा परीक्षण तथा उपचार सेवा, छाला तथा यौन रोग बिशेषज्ञ सेवा,दन्त परिक्षण तथा बिशेषज्ञ सेवाका साथै निशुल्क भिडियो एक्स–रे, इ.सि.जि सेवा, ल्याव सेवा, इको सेवा समेत उपलब्ध गराइने हुँदा बुद्धशान्मिा आयोजना गरिने अरु स्वास्थ्य शिविर भन्दा फरक हुने आयोजकले बताएको छ ।
Comments