यति कार्पेटको गोदाममा आगलागी
Published:
by .
काठमाडौँ । ललितपुरको नख्खुमा रहेको यति कार्पेट गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो १ बजे भएको आगोलागीबाट करिब साढे ४ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको थियो ।
प्रहरीका अनुसार गोदाममा कार्पेट तथा मयाट्रेस राखिएको थियो । आगलागी के कारणले भएको भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments