कमल गाउँपालिकामा बृहत साहित्यिक कार्यक्रम हुने
Published:
by .
कमल । कमल गाउँपालिकाको आयोजनामा बृहत साहित्यिक कार्यक्रम हुने भएको छ ।
आगामी फागुन ७ गते कमल गाउँपालिका ३ स्थित वाल्मिकी आश्रम तथा सिमसारक्षेत्रमा कार्यक्रम गर्ने कमल गाउँपालिकाले जनाएको छ ।
साहित्यिक कार्यक्रमा लागि गाउँपालिका विभिन्न उपसमिति गठन गरेको छ । कार्यक्रम स्थलको सरसफाई तथा मन्च व्यवस्थापनका लागी वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रका सम्पूर्ण समिति र सानोकेर्खा युवा क्लवका समिति, अतिथी आमन्त्रण तथा सत्कार उपसमिति हेमनाथ अधिकारीको संयोजकमा अग्निप्रसाद कोईराला, नर बहादुर दाहाल, गोविन्द प्रसाद पौडेल र गोपाल झापाली रहेका छन् ।
त्यस्तै प्रचार प्रसार गोपाल झापाली संयोजनमा उमनाथ भण्डारी, विक्रम बस्नेत, विष्णु पोख्रेल, टीकाराम उप्रेती,विष्णु सुब्बा, बलिभद्र कोईराला, उत्तम रिजाल शाकिराम पोख्रेलको उपसमिति रहेको छ । स्वयमसेवक परिचालन समिति संयोजनमा गोविन्द प्रसाद पौडेल सदस्यमा शोभित गुरुङ्ग, प्रीतिका सुवेदी, नरप्रसाद दंगाल, भीमचन्द्र न्योपाने लेखनाथ खतिवडा रहेको गाउँपालिकले जनाएको छ ।
अनुगमन समिति गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको संयोजनमा बेनु सिवाकाटी, युवराज ढकाल, केदार कटुवाल, ताराप्रसाद न्यौपाने, नरप्रसाद दंगाल, प्रेम राई, डम्बर निरौला, पृथ्विपती राई, खेमलाल वि.क., चक्र वहादुर गुरुङ्ग सहितको समिति गठन गरेको गाउँपालिकाले जनाएको छ ।
Comments