अन्तराष्ट्रिय विमान स्थलमा अपहेलाना गरिएको भन्दै रिटर्नी माईग्रेंट नेपालद्वारा खेद प्रकट
Published:
by .
काठमाण्डौ । नेपाल सरकारले वैदेशिक रोजगारबाट फर्किनेहरुमाथी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको भन्सार शाखामा भन्सार अशुलिको नाममा गरिने अपहेलना र निम्नस्तरको व्यवहारप्रति खेद प्रकट गरिएको छ।
वैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरुको छाता संस्था रिटर्नी माईग्रेंट नेपालले एक प्रेश विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेको छ । स्वदेशमा उचित रोजगारको अवस्थ नहुँदा वाध्यताबस परिवार पाल्नकैलागि बिदेशिएका नेपालीहरु केही समयकोलागी आफ्नो परिवारसँग भेटन छुट्टिमा आउँदा परिवारकोलागी ल्याएका केही थान मोबाइल, घडी, ल्यापटप, लत्ताकपडा तथा सामान्य पेय पदार्थ जफत गर्दै उनिहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी गरिएको व्यवहार कदापी सह्य नहुने बताएको छ ।
रिटर्नी माईग्रंट नेपालका अध्यक्ष उत्तम अधिकारी द्वारा हस्ताक्षरित विज्ञप्तिमा रेमिटेन्स मार्फत कुल गृहस्थ उत्पादनमा ३२.५ सम्म योगदान पुर्याएको स्मरण गराउँदै उनिहरु स्वदेश फर्ककिने क्रममा विमानस्थलमा कर्मचारीहरुबाट देशको सम्मनमा नै आँच पुग्ने गरि गरिएको अभद्र व्यवहारतर्फ सममयमा नै ध्यान पुर्याउन तथा हाल बैदेरोजगारिमा रहेका र स्वदेश फर्किएका नागरिकहरुको आत्मसम्मानमा ठेस पुर्याउने यस्ता गलल क्रियाकलापमा रोक लगाउन सम्बन्धित विभाग, मन्त्रालय तथा सिंगो नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा कानुनतः व्यवस्था भएका वस्तुको राजस्व संकलनमा अहिले भईरहेका गालीगलौज, जवर्जस्ती र जफत भन्दापनी सामान्य ढंगको परामर्श मार्फत सिर्जित समस्याको निराकरण हुनुपर्नेमा जोड दिएको छ । हक अधिकारको व्याख्या कानुनले गर्ला तर मानवीय सम्बन्ध र त्यस भित्र पर्ने दया माया जस्ता पक्षको सम्बोधन कानुनले गर्न नसक्ने हुँदा दृश्टिविहिन कानुनको माध्यमबाट मानवीय संबेदनसिलता माथी प्रहार भएको छ । त्यसैले लामो समय परिवारबाट टाडा रहेर पुनस्मिलनको खुसी बोकी स्वदेश फर्केका नागरिक र तिनका परिवारको सदस्य बिचको सम्बन्धलाई थप हार्दिकता बनाउने उपहार स्वरुपका सामान्य वस्तुमा बन्देज लगाउने र जफत गर्ने कार्य तत्काल बन्द गर्न र वैदेशिक रोजगारबाट स्वदेश फर्कने नागरिकहरुलाई विना झन्झट विमानस्थलबाट आवतजावत गर्ने बाताबरणको ग्यारेन्टी गर्न नेपाल सरकार सँग अपिल गरेको छ ।
Comments