Sajhamanch Archive

बिर्तामोडका सामुदायिक बिद्यालयमा अनिवार्य ई हाजिरी सुरु

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत रहेका १८ बटा सामुदायिक बिद्यालयमा अनिबार्य इ हाजिरी सेवा सुरु भएको छ । ती बिद्यालयमा कार्यरत शिक्षकहरुले फागुन १ गतेदेखि अनिबार्यरुपमा इ हाजिरी गर्नु पर्ने भएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिबाकोटीले एक कार्यक्रमका बीच इ हाजिरी सेवाको उद्घाटन गरे । नगरकी सामाजिक समितिकी संयोजक संगीता शिवाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकारी युवराज पाण्डेले नगरको शिक्षाको अबस्था बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नगर शिक्षा अनुगमन समितिका संयोजक उमानाथ ओलीले तयार पारेको अनुगमन प्रतिबेदन प्रस्तुत गरेका कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिबडाले समेत मन्तब्य राखेका थिए ।

इ हाजिरी सेवाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा १८ बटै बिद्यायलका प्रधानाध्यापक, संचालक समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *