सुतिरहेकी वृद्धालाई बलात्कार गर्न खोज्ने एक युवक समातिए
Published:
by .
झापा । झापामा सुतिरहेकी ७६ वर्षीया वृद्धालाई बलात्कार गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–५ मा एक बृद्धालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा सोही नगरपालिका बस्ने २३ वर्षीय कुमार लिम्बू पक्राउ परेका हुन्
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मादक पदार्थ सेवन गरेका राईले बुधबार दिउँसो १२ बजे ७६ वर्षीया वृद्धालाई घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भनी निजको श्रीमानले उजुरी दिएको थिए ।
सोही उजुरीको आधारमा सीमा प्रहरीचौकी नकलबन्दबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
Comments