Sajhamanch Archive

राजधानीमा पानीजहाज कार्यालयको उद्घाटन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले नेपाली पानीजहाज चलाउने उद्देश्य पूरा गर्न ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय खोलेको छ ।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत कार्यालय रहने छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी रहने छ ।

मन्त्रिपरिषद्को पुस २९ गतेको निर्णय अनुसार वरिष्ठ डिभिजनल इन्जिनियर, शाखा अधिकृत, कानून अधिकृत, लेखा अधिकृत १–१ जना, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इन्जिनियर १–१ गरी ३ जना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो ।

ओली सरकार बनेपछि पानीजहाज सञ्चालनमा ल्याउने मुद्दा राजनीतिक वृत्तमा चर्चित छ । कार्यालयले पानीजहाज सञ्चालन गर्ने योजना बनाउने, अध्ययन गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *