अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग !
Published: (Updated: )
by .
काठमाडौं । घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् ।
भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् । ‘राजिनामा नदिए शुक्रबार महाअभियोग दर्ता हुनसक्छ’, स्रोतले अनलाइनखबरसँग भने ।
भट्टराई संयोजक रहेको संसदीय उपसमितिले नेपाल इन्जिनियरिङ कलेजबारे अध्ययन गरेको थियो ।
Comments