भ्रष्टाचारमा मुछिएका अख्तियार आयुक्तले दिए राजीनामा
Published: (Updated: )
by .
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानका आयुक्त राजनारायण पाठकले राजीनामा दिनु भएको छ ।
७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिनु भएका पाठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनु भएको हो ।
पाठकले घुस लिएको भिडियो लिक भएसँगै उनलाई हटाउन सत्तारुढ दलका सांसदले महाअभियोग प्रस्ताव ल्याउने तयारी सुरु गरेका थिए ।
Comments