मेचीनगरपालिकाद्वारा फरक क्षमता भएका व्यक्तिहरुलाई निःशुल्क व्हिल चियर वितरण
Published:
by .
काँकरभिट्टा । मेचीनगर नगरपालिकाले नगरभिका फरक क्षमता भएका तीन दर्जन बढीलाई निःशुल्क व्हील चियर प्रदान गरेको छ ।
शुक्रबार नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख विमल आचार्य ,उपप्रमुख मिना पोखरेल उप्रेती प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गलगायतले व्हिल चियर प्रदान गरेका हुन् ।
नगरभित्रका फरक क्षमता भएका मानिसहरुको जीवन यापनमा सहयोग पुगोस भन्ने उद्देश्यले नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट प्रतिगोटा १४ हजार ५ सयका दरले खरिद गरि ४० जनालाई व्हिल चियर वितरण गरिएको सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष नगर सदस्य तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
Comments