संघीय समाजवादी फोरम भद्रपुरमा ठाकुर
Published:
by .भद्रपुर । संघीय समाजवादी फोरम नेपाल भद्रपुर ५ नम्बर वडा कमिटिको प्रथम अधिवेशनले दिनेशकुमार ठाकुरको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा नेहा सुनुवार, सचिव नरेश शर्मा, सहसचिव ललीता ठाकुर र कोषाध्यक्षमा सन्तोष भगतलाइृ सर्वसम्मत चयन गरिएको हो । यसैगरी सदस्यहरूमा क्रमशः रोहित दास, रगिना खातुन, रेस्मा खातुन, दिपेश यादव, युवराज सुनुवार र सोहित चौधरी रहेको नगर सचिव विकासकुमार गुप्ताले जानकारी दिए ।
संघीय समाजवादी फोरम नेपालका भद्रपुर नगर अध्यक्ष शत्रुधन चौधरीको अध्यक्षता तथा केन्द्रीय सदस्य पृथ्वीनारायण कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य सर्वदिन हक, राजेन्द्र याता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments