Sajhamanch Archive

शिवसताक्षीको झिलझिलेमा प्राविधिक शिक्षालयको शिल्यान्यास

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । शिवसताक्षीको झिलझिलेमा गणेशमान प्राविधिक शिक्षालयको शिल्यान्यास गरिएको छ ।

शुक्रबार नगरप्रमुख चन्द्रकुमार शेर्मा, उप प्रमुख भोजकुमारी नेपालले उक्त शिक्षालय निर्माणका लागि शिल्यान्यास गरेका हुन् ।

गणेशमान अध्ययन प्रतिष्ठानको करिब ५ विगाहको क्षेत्रफलमा प्राविधिक शिक्षालय अन्तर्गत पोलिटेक्नीक कलेजको भवन निर्माण आजैबाट सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष सन्तोष मेन्याङ्बोले जानकारी दिए ।

उक्त शिक्षालाय ७ करोडको लगानीमा निर्माण सम्पन्न गर्ने प्रतिष्ठानका कोषाध्यक्ष गणेश प्रधानले बताए । सो क्षेत्रमा प्रतिष्ठानले शिक्षालय सँगसँगै, १सय शैयाको अस्पताल, पार्क निर्माण गरिने समेत जानकारी गराइएको छ । कोषाध्यक्ष प्रधानका अनुसार गएको वर्ष लगाइएको पुराणबाट संकलित ३ करोड १४ लाख रकमबाट निर्माण कार्य सुरु गरिएको हो ।

अन्य अपुग रकम नेपाल सरकार, नगरपालिका, उद्योगी र अन्य संघ संस्थाहरुबाट सहयोगबाट सम्पन्न गर्ने लक्ष्य लिएको कोषाध्यक्ष प्रधानले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *