नेपाल भित्रियो पानीको गहिराइ नाप्ने नयाँ प्रविधि
Published: (Updated: )
by .
काठमाडौं । पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्रिएको छ । यसको सफल प्रयोग भेरी-बबई बहुउद्देश्यीय आयोजनामा पहिलोपटक गरिएको छ ।
आयोजनाको बाँधस्थलको पानीको गहिराइ नाप्न उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजना प्रमुख सन्जिब बरालले जानकारी दिए ।
संस्थाका प्रवन्ध निर्देशक अनुप खनालको अनुसार यो मेसिनले डी.जी.पी.एस. प्रविधिमा काम गर्ने भएकाले यसले गर्ने नाप जाँच अत्यन्तै विश्वासिलो हुनेछ । यो मेसिनलाई डुंगा वा र्याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी तथा तालहरुको गहिराइ नाप्न सकिने खनालले बताए ।
‘विदेशतिर समुद्रहरुमा पानीजहाजको मोनिटरिङ गर्न यो प्रविधि प्रयोग हुन्छ । नेपालमा भने हामीले पहिलोपटक भित्राएका हौं,’ खनालले भने ।
यसअघि इनोभेटिभ इन्जिनियरिङ सेर्भिसेज प्रा.लि.ले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ‘केबल वे’ प्रविधि निर्माण गरेको थियो ।
खोलाको सेडिमेन्टसमेत नाप्न सकिने यो प्रविधिलाई ३३५ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला हाइड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको छ ।
अनलाइन खबरबाट ।
Comments