एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?
Published: (Updated: )
by .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आँफै एकता टुंग्याउन दैनिकजसो छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबिच दैनिकजसो बालुवाटारमा २ घण्टाभन्दा बढी एकतासम्बन्धि छलफल हुने गरेको बालुवाटार स्रोत बताउँछ ।
एकता टुग्याउँन बनाएको चौथो कार्यदलले समेत एकतासम्बन्धि ठोस योजना प्रस्तुत गर्न नसकेपछि अध्यक्षद्वय नै सक्रिय भएका हुन् । तर रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलसमेत रहको ९ सदस्यिय कार्यदलले एकमतले रिपोर्ट बुझाएको बताएको छ । स्रोतका अनुसार उक्त रिर्पोटमा एकता सम्बन्धि ठोस र मुर्त योजना छैन ।
स्रोतका अनुसार दुई अध्यक्षले प्रदेशबाट छलफल सुरु गरेका छन् । धेरै प्रदेश र जिल्लाहरुका बारेमा सहमति जुटिसेकेको बताइएको छ । प्रदेश र जिल्लाहरुको छलफल पश्चात जनवर्गिय संगठनहरुको छलफलमा प्रवेश गर्ने र पोलिटव्युरोका बारेमा समेत छलफल हुने योजना रहेको बताइन्छ ।
Comments