स्कुटरको ठक्करबाट एकको मृत्यु
Published:
by .
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३, लालीखर्कमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ३८ का गोपाल राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बिहान १०ः३० बजे स्कुटरको ठक्करबाट गम्भिर घाइते बनेका राईको फिदिमस्थित समर्पित हस्पिटलमा उपचारको क्रममा मृत्यु जिल्ला ट्राफिक प्रहरी प्रमुख जनक तिम्सिनाले बताए। राईलाई सोही स्थान बस्ने बर्ष ५० का टंक श्रेष्ठले चलाएको मे ४ प २५७३ नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक श्रेष्ठसमेत घाइते भएका छन् । घाइते भएका श्रेष्ठको समर्पित हस्पिटलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Comments