जागृत बाल उद्धार केन्द्रलाई कपडासहित खाद्यन्य सामाग्री प्रदान
Published: (Updated: )
by .
काँकरभिट्टा । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले आइताबर झापाको मेचीनगर— ७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाललाई करीव २० हजार रुपैयाँ मुल्य बराबरका लत्ता कपडासहित अन्य खाद्यन्न प्रदान गरेको छ ।
१ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट जापान पुगेर विभिन्न व्यवसायमा सक्रिय नेपालीहरुको संस्था पूर्वी नेपाल विकास विकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुभाष लोहनी सचिव कुमार वन र झापा संयोजक शोभा शिवाकोटीलगायतले केन्द्रका सचिव विकास देवकोटालाई ती सामग्री हस्तान्तरण गरेका थिए ।
अध्यक्ष लोहनीका अनुसार केन्द्रमा रहेका १४ जना बालबालिकालाई ओढ्ने व्याल्याङ्केट तथा टि सर्टसहित दुध चाउचाउलगायतका समाग्री प्रदान गरिएको थियो । उनका अनुसार संस्थाले कृषि पर्यटन तथा जलविद्युतलगायतका क्षेत्रमा काम गर्ने गर्दछ ।
Comments