पूर्वीनाकाबाट चाइनिज स्याउको तस्करी रोकिएन
Published: (Updated: )
by .
मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगरका अलग अलग स्थानबाट ५० हजार रुपैयाँ बराबरको २६ काटन स्याउ पक्राउ गरेको छ ।
पक्राउ परेको सवै स्याउ सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार चाइजिन स्याउ भारतीय सीमा पार गर्न लाग्दा नियन्त्रणमा लिइएको हो । सरकारले चाइनिज स्याउ नेपाल हँुदै भारत निकासीमा प्रतिबन्ध लगाएको छ । तर, यसमा संलग्न कारोवारीहरुले खुला सीमानाको फाईदा उठाउदै यसको धन्दा शुरु गरेका हुन् । पछिल्लो केही महिनादेखि काँकरभिट्टा नाकाबाट स्याउको भारत तस्करी हुँदै आएको प्रहरीको भनाई छ ।
मेचीनगरको नकलबन्दा, सतिघट्टा, भानुटोललगायतको बाटो हुँदै दिउसो र साझ सीमा क्षेत्रमा पुर्याउने गरिएको भारतका विभिन्न बजारमा पुर्याईन्छ । भारतसँग सीधा सीमा जोडिएको नेपाली बजारमा स्याउ स्टोर गरी राखिने गरिएको छ ।
Comments