Sajhamanch Archive

मेची नगरपालिकाद्वारा गोर्खा मेमोरियल फाउण्डेशनलाई सम्मान

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । विदेशमा रहेर पनि आफ्नो नगरमा पुर्याएको योगदानको मुल्याङ्रकन गदैं बेलायत फोक्सटन सीटीका नेपाली मुलका पहिलो काउन्सिर बनेका धन (किरण) गुरुङसहित गोर्खा मेमोरियल फाउण्डेशन नेपाललाई मेचीनगर नगरपालिकाले सम्मान गरेको छ ।

नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गलगायतले गुरुङ र गोर्खा मेमोरियल फाउण्डेशन नेपालका संयोजक नगेन्द्रकुमार गुरुङलाई सम्मन पत्र प्रदान गरेका थिए । धनकिरणले केही दिनअघिमात्र नगरपालिकालाई करीव १५ लाख रुपैयाँ बराबरका अग्नि नियन्त्रणका आवश्यक सामाग्री प्रदान गरेका थिए ।

पूर्व काउन्सिलर गुरुङको सक्रियता तथा द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहलमा भारतीय राजदुताबास मार्फत एउटा टाटा कम्पनिको सुमो एम्बुलेन्स मेचीनगर नगरपालिकालाई प्राप्त भएको थियो । यस अघि पूर्व काउन्सिलर गुरुङ्गकै पहलमा औषधि र अन्य उद्दारका सामाग्री नगरपालिकालाई प्राप्त भएको थियो ।

उनले सुविधा सम्पन्न बारुणयन्त्र र एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराउन खोजे पनि विभिन्न कारणले आधाबाटैबाट फर्किएको थियो । केही महिनाअघि काँकरभिट्टा माविका लागि उनै किरणले २८ लाख रुपैयाँ मुल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान मात्र गरेनन् २ वर्ष सम्म प्राविधिक सहयोग उपलब्ध गराउने समेत घोषणा गरे । आफ्ना दिवंगत बाबु आमाको स्मृतिमा अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको समेत उनले नामाकरण गरे । उनले नेपालको शिक्षा क्षेत्रमा निक्कै योगदान पुर्याएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *