Sajhamanch Archive

टेलिकमको सातौं तलाबाट खसेर एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल टेलिकमको बबरमहलस्थित भवनको सातौं तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेश घर भइ हाल काठमाडौँका बस्दै आएका बसन्त राठौर रहेका प्रहरीले जनाएको छ ।

नेपाल टेलिकमका लागि मर्मत सम्भारको काम गर्ने एउटा कम्पनीमार्फत बबरमहलमा कार्यरत राठौर आइतबार दिउँसो टावर मर्मत गर्दै गर्दा खसेका हुन्।

राठाैरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *