सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?
Published:
by .
काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बस्न लागेको बैठकमा एकताको मुख्य एजेण्डामा छलफल हुने बताइएको छ ।
बैठकअघि पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक श्रदान्जली कार्यक्रममा पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताका सबै विषय यहि बैठकमा नटुगिंएपनि छलफल हुने बताए ।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आँफै एकता टुंग्याउन दैनिकजसो छलफलमा जुटेका थिए।
प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबिच दैनिकजसो बालुवाटारमा २ घण्टाभन्दा बढी एकतासम्बन्धि छलफल हुने गरेको थियो ।
एकता टुग्याउँन बनाएको चौथो कार्यदलले समेत एकतासम्बन्धि ठोस योजना प्रस्तुत गर्न नसकेपछि अध्यक्षद्वय नै सक्रिय थिए । तर रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलसमेत रहको ९ सदस्यिय कार्यदलले एकमतले रिपोर्ट बुझाएको बताएको छ । स्रोतका अनुसार उक्त रिर्पोटमा एकता सम्बन्धि ठोस र मुर्त योजना छैन ।
Comments