Sajhamanch Archive

टिपर सञ्चालनमा कडाइ गर्दै प्रशासन : तोकिएको समयभन्दा छिटो पुगे कारवाही गरिने

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । टिपरका कारण हुने दुर्घटना नियन्त्रण गर्न मोरङमा टाइम कार्ड लागू गर्ने तयारी गरिएको छ । प्रदेश १ ट्राफिक प्रहरीले बिहान र बेलुका गरी ४ घण्टा मुख्य राजमार्गमा टिपर कुदाउन रोक लगाएपनि दुर्घटना न्यूनिकरण नभएपछि मोरङमा नयाँ नियम लागू गर्न लागिएको हो ।

नया“ नियमअनुसार निश्चिक्ष किलोमिटर पार गर्न प्रहरीले समय तोकिदिने छ । तोकिएको समयभन्दा अघि पुगे कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।

प्रहरीले टिपरको बढी आवत–जावत हुने स्थानमा ट्राफिक प्रहरी खटाएर समयको निगरानी गर्ने छ । जसका लागि टाइम कार्ड पनि बनाइएको छ । कार्डमा कुन स्थानबाट कतिबजे छुटेको हो र कतिबजे गन्तब्यमा पुग्ने भन्ने पनि उल्लेख गरिएको छ ।

कार्डमा छुटेको र पुगेको समयका आधारमा तोकिएको समयभन्दा छिटो पुगेको खण्डमा कारवाही गरिने छ । तिब्र गतिका कारण दुर्घटना हुने भएकाले दुर्घटना नियन्त्रणका लागि नयाँ नियम लागू गर्न लागिएको हो ।

‘दूरीअनुसार पुग्नुपर्ने गरी समयसीमा निर्धारण हुन्छ,’ पोखरेलले भने, ‘समय सीमाभन्दा अघि पुगे जरिवाना गर्छाैं ।’ व्यवसायीस“गको छलफलपछि नियम लागू गर्ने तयारी भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *