एउटै मञ्चबाट तालिमको समापन र उद्घाटन
Published: (Updated: )
by .
कमल । झापाको माल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रको आयोजना र कमल गाउँपालिकाको सहयोगमा सन्चालित ड्राईभिङ्ग तालिमको समापन भएको छ भने सोही मञ्चबाट मुढा बनाउने तालिमको उद्घाटन गरिएको छ ।
एक महिना अघिबाट सन्चालित ड्राईभिङ्ग तालिम सामपन गर्दै कमल गाउँपालिका वडा नम्बर ३ को सहयोगमा मुढा बनाउने तालिमको कार्यक्रका कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरेकी हुन् ।
उद्यमशिल जागरण महिला केन्द्रकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँकार्यपालिका सदस्य तारा बोगटी, वडा नम्बर ६ का अध्यक्ष नरेन्द्र भट्टराई लगायतले तालिम सफलताको सुभकामना दिएका थिए ।
ड्राईभिङ्ग तालिम २० जना सहभागी थिए भने र मुढा बनाउने तालिममा २५ गरी जम्म ४५ जना लाई तालिम प्रदान गरिने केन्द्रले जनाएको छ ।
Comments