Sajhamanch Archive

भारतीय गायक सोनु निगम बिरामी नर्भिक अस्पतालमा भर्ना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कार्यक्रमका लागि नेपाल आएका भारतीय गायक सोनु निगम बिरामी परेका छन् ।

उनी विरामी भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। कार्यक्रमको सिलसिलामा पोखरा आएका उनलाई ढाड दुख्ने समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएर उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ।

हाल उनलाई नर्भिक अस्पतालको नौ सय एक नम्बर बेडमा नशा रोग विशेषज्ञ डाक्टर पंकज जलानको टोलीले उपचार गरिरहेको अस्पताल स्रोले बतायो।

चर्चित भारतीय फिल्मको गीतमा स्वर दिएका गायक निगमले थुप्रै नेपाली फिल्मको गितमा समेत स्वर दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *