प्रजातन्त्र संस्थागत गर्ने कार्यमा नेपाली कांग्रेस निरन्तर लागि रहने
Published:
by .
विर्तामोड । झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले प्रजातन्त्र संस्थागत गर्ने कार्यमा नेपाली कांग्रेसले स्थापनाकालदेखि नै पहल गर्दै आएको र निरन्तर गरिरहने बताएका छन् ।
नेपाली कांग्रेस २ नं क्षेत्रीय समितिको आयोजनामा नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा आयोजित ६९ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित विचार गोष्ठीका सहभागी बक्ताहरुले यस्तो धारणा राखेका हुन् । कम्युनिष्ट नेतृृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतन्त्र माथि नै धावा वोल्न उद्यत देखिएको टिप्पणी गर्दै बक्ताहरुले वाक स्वतन्त्रता, न्यायिक स्वतन्त्रतामाथि समेत वर्तमान सरकारले प्रहार गरिरहेको बताएका हुन् ।
पूर्व सांसद तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य र पूर्व सांसद डिल्ली सिटौलाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व उपाध्यक्ष देउमान थेवे, महासमिति सदस्य लोकराज ढकाल, मजदुर नेता दीपक तामाङ, नेपाल विद्यार्थी संघ पूर्व सहमहामन्त्री उमा शिवाकोटी, जिल्ला सदस्यहरु सरस्वती सिटौला, पार्वता गिरी, लीला ढकाल, नेपाल प्रेस युनियन झापाका निवर्तमान अध्यक्ष कृष्ण हुमागाई, नेपाली कांग्रेस २ नं क्षेत्रीय सदस्य पदम प्रसाई, अर्जुनधारा नगर सभापति हेमराज खरेल, विर्तामोड नगरपालिका वडा नं–६ का कांग्रेस सभापति कमल दाहाल, लगायतले मन्तब्य राख्नुभएको थियो ।
नेपाली कांग्रेस २ नं क्षेत्रीय समितिका सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव किरण श्रेष्ठले गरेका थिए ।
Comments