Sajhamanch Archive

प्रधानमन्त्री ओली भने “विकासको जिम्मा मलाई दिनुहोस ”

Published: in राष्ट्रिय समाचार by .

डडेलधुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताएका छन् ।

डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३÷३३÷११ केभीको सबस्टेसनको उद्वघाटन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको यो केन्द्रले यस क्षेत्रमा विद्युत वितरण र व्यवस्थापन गर्ने जानकारी दिए । “अब डडेलधुराबासीले चिन्ता लिनु पर्दैन, विकासको जिम्मा मेरो भयो” प्रधानमन्त्री ओलीले भने । “तपाईहरुको आवश्यकता के के छन् माननीयहरु मार्फत पठाउनुहोस । पुरा गर्ने जिम्मा मेरो भयो ।”

प्रधानमन्त्री ओलीले पश्चिम सेती परियोजना जसरी निर्माण हुने बताए । “म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती निर्माण हुन्छ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले डडेलधुरा अब पछि परिरहनु उपयुक्त नहुने भन्दै “डडेलधुरा विकासमा पछि पर्नु लाजमर्दो कुरा हो ” प्रधानमन्त्री ओलीले भने “अब सिंगै सुदुरपश्चिम अगाडी बढ्छ । विकसित हुन्छ ।”

प्रधानमन्त्री ओलीले महाकाली नदीमा रहेका तुइन विस्थापन गर्न एकतर्फी रुपमा समस्या भएकोले भारतको उतराखण्डका मुख्यमन्त्री र प्रदेश प्रमुखसँग छलफल गरेको जानकारी दिए । “अब पनि तुइनमा झुण्डिएर, टायरमा चढेर नदी तर्ने कुरा हँुदैन । तुइनलाई झोलुंगे पुल, पक्की पुल र केवलकारले बिस्थापन गरिनेछ ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले डडेलधुराको तुफान डाँडाँबाट पर्शुराम नगरपालिका हुँदै कन्चनपुर जाने सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *